ललितपुर, नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय र हेफर इन्टरनेशनल नेपाल बीच दुग्ध क्षेत्रको विकासका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ।
सरकारको तर्फबाट राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा.राजेन्द्रप्रसाद यादव र हेफर इन्टरनेशनल नेपालका प्रमुख डा. तीथ रेग्मी वीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।
संघीय कृषि मन्त्रालयले कच्चा दुधको विविधिकरण, प्रयोगशालाहरुको स्तरोन्ती, प्रदेश दुग्ध विकास बोर्ड संगको समन्वय हेफरले सहयोग पु-याउनेछ।
कार्यक्रममा बोल्दै हेफर इन्टरनेशनका लागि कार्यक्रम निर्देशक केशव साहले दुग्ध क्षेत्रका विकासका लागि समझदारी महत्वपूर्ण हुने जानकारी दिनुभयो ।
कार्यक्रममा , पशुसेवाका विभागका महानिर्देशक डा. उमेश दाहाल लगाएतको सहभागिता रहेको थियो।