हेफर र कृषि तथा पशुपन्छी विकास मन्त्रालय बीच समझदारी : दुग्ध क्षेत्रको विविधिकरणमा हेफरको सहयोग


ललितपुर, नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय र हेफर इन्टरनेशनल नेपाल बीच दुग्ध क्षेत्रको विकासका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ।

सरकारको तर्फबाट राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा.राजेन्द्रप्रसाद यादव र हेफर इन्टरनेशनल नेपालका प्रमुख डा. तीथ रेग्मी वीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।Messenger_creation_4E1A5E79-E31A-45B6-879F-7F2B03B06C0F-1735249735.jpeg
 

संघीय कृषि मन्त्रालयले कच्चा दुधको विविधिकरण, प्रयोगशालाहरुको स्तरोन्ती, प्रदेश दुग्ध विकास बोर्ड संगको समन्वय हेफरले सहयोग पु-याउनेछ।

कार्यक्रममा बोल्दै हेफर इन्टरनेशनका लागि कार्यक्रम निर्देशक केशव साहले  दुग्ध क्षेत्रका विकासका लागि समझदारी महत्वपूर्ण हुने जानकारी दिनुभयो ।Messenger_creation_6F635FD5-66E3-45B2-93DE-797DB2992DF1-1735249760.jpeg
 

कार्यक्रममा , पशुसेवाका विभागका महानिर्देशक डा. उमेश दाहाल लगाएतको सहभागिता रहेको थियो।