वायु प्रदुषणको श्रोत पहिचान गरी त्यसको नियन्त्रण गर्न आवश्यक, – वनमन्त्री शाही


काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले वायु प्रदुषणको श्रोत पहिचान गरी त्यसको नियन्त्रण गर्न आवश्यक रहेको बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित वातावरणीय मानव अधिकार रक्षाको दोस्रो सम्मेलनमा बोल्दै उनले जाडो बढेसँगै वायु प्रदुषण पनि बढ्दै गएको भन्दै मोटरगाडीहरुको सङख्या र इन्धनको गुणस्तरलाई नियमन गर्नुपर्ने बताए।

उनले भने, ‘पहिलो कुरा हामीले देशको वायु प्रदुषणको श्रोत पहिचान गरी नियन्त्रणमा निगरानी राख्न आवश्यक छ।

विशेषगरी मोटरगाडीहरुको सङख्या र इन्धनको गुणस्तरलाई नियमन गर्नुपर्नेछ।

जलवायु प्रदुषण र वायु प्रदुषणको असर आजको मात्र नभएर भविष्यको पुस्ताको लागि पनि महत्वपूर्ण छ । त्यसैले हामीले आजै देखि यस विषयमा गम्भिर कदम चाल्नुपर्ने छ । जसले हाम्रो पर्यावरण र जनस्वास्थ्यलाई बचाउ गर्न सकिने छ।’

उनले सरकारले सार्वजनिक वातारणलाई प्रभावकारी बनाउँदै इन्धनको गुणस्तर सुधार र औद्योगिक प्रदुषण नियन्त्रणमा सहयोग पुग्ने तवरले कदम चाल्ने योजना अगाडि बढाएको पनि बताए ।

उनले भने, ‘सरकारले सार्वजनिक वातारणलाई प्रभावकारी बनाउँदै इन्धनको गुणस्तर सुधार र औद्योगिक प्रदुषण नियन्त्रणमा सहयोग पुग्ने तवरले कदम चाल्ने योजनाहरु अगाडि बढाएको छ ।’