सुन–चाँदीको भाउ ह्वातै बढेको


काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुन–चाँदीको भाउ ह्वातै बढेको छ ।

सोमबार प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको सुनको भाउ यस दिन प्रतितोला दुई हजार एक सय रूपैयाँ बढेको हो ।

त्यसै गरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। सोमबार प्रतितोला एक हजार आठ सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार नौ सय २५ रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६० रूपैयाँ बढेको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ७० अमेरिकी डलरमा कारोबार भइरहेको छ।