Feb 25, 2025

सिपमुलक तालिम र देश भित्र नै रोजगारी


ईकोनोमिक खबर, काठमाडौं।

प्रधानमन्त्री केपी शर्मा ओलीले बढ्दो बेरोजगारीको समस्या समाधान गर्न सिपमा आधारीत शिक्षा नै मूख्य जोड दिनुपर्ने बताउनु भयो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आज आयोजित राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०७६ को उद्घाटन गर्दै बढीमात्रामा रोजगारीको अवसर सिर्जना हुने र बेरोजगारीको समस्या हल हुने नेपालको उन्नत कृषिमा विकास गर्नुपर्ने बताउनुभयो।
नेपालको ७० प्रतिशत जनता अझैपनि परम्परागत कृषिमा नै रहका छन यस्ता पुराना ढाँचाको कृषि उत्पादन प्रणालीले अवसर सिर्जना नगर्ने यसको ठाँउमा नयाँ आधुनिक कृषि प्रणालि नै हो अब देशले यसमा लगानि गर्नेछ। नेपालमा प्रशस्त कृषियोग्य भूमि भएपनि युवा बेरोजगार रहेको उल्लेख गर्दै उहाँले कृषिमा आधुनिकिकरण, व्यवसायीकरण र औद्योगिकीकरणतर्फ विकास गरिनुपर्ने बताउनुभयो। देशमा अहिले शिक्षित बेरोजगारीको सहि समाधान गर्नेगरी विभिन्न सिपमुलक तालिम बृद्धि गरी देश भित्र नै खपत गर्नुपर्नेमा जोड दिनुभयो।

यस कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मुलुकभित्र रोजगारीको ठूलो हिस्सा अनौपचारिक क्षेत्रमा रहेको र त्यसलाई औपचारिक गराउनु चुनौतीपूर्ण रहेको बताउनुभयो । अदक्ष कामदार भन्दा दक्ष र विषय विज्ञ श्रम उत्पादन गर्नुपर्ने बताउनु भयो। विश्वको श्रम बजारमा आउने विभिन्न समस्यालाई हलगर्नुपर्ने, बढ्दो चुनौती तथा समस्या समाधान गर्न विश्वव्यापी र देशभित्र नयाँ ढङ्गले सोच्नुपर्ने मन्त्री विष्टले बताउनुभयो ।

नेपाल सरकारले आगामी आ.ब.मा कम्तीमा थप ५ लाख जनशक्तिलाई नयाँ रोजगारी पैदा गर्ने घोषणा गरेको उल्लेख गर्दै उहाँले यो संघ प्रदेश र स्थानीय सरकार तथा निजी र सहकारीको संयुक्त प्रयत्न र समन्वयमार्फत रोजगारीका अवसर सिर्जना गर्न सम्भव हुने बताउनुभयो । दक्ष जनशक्ति उत्पादन गरी देश विकासमा टेवा पुर्याउन निजिक्षेत्रको पनि भूमिका रहेको बताउनु भयो।