
काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
आइतबार बिहान १ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर १ रुपियाँले, हवाई इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर २ रुपियाँले र अन्तर्राष्ट्रियतर्फ अधिकतम् १५ रुपियाँले मूल्य वृद्धि गरेको हो ।
इण्डियन आयल कर्पोरेशनबाट ३० नोभेम्बर, २०२४ (मंसिर १५, २०८१) मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार डिजेलमा प्रतिलिटर रु. ०.१८ ले र पेट्रोलमा प्रतिलिटर रु. ०.५८ ले घटेर आएको निगमले जनाएको छ । तर, मट्टितेलमा रु. १.७४, हवाई इन्धनमा रु. १.३५ र एल.पी.ग्यासमा प्रतिसिलिण्डर रु. १४.४९ ले बढेर आएको निगमले जनाएको छ।
तथापि, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।