छिटो भन्दा छिटो जोडि साथी खोजी जानकारी दिन आदेश


ईकोनोमिक खबर,काठमाडौं।

नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाइ आफुले मर्जर गर्ने बैंकहरुको छिटो भन्दा छिटो जोडि साथी खोजी जानकारी दिन आदेश दियो।
सबै २८ वटा बाणिज्य बैंकहरुका संचालक समितिका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सिईओ) लाई आज एक कार्यक्रममा कुन संस्थासँग मर्जरमा जाने हो यसको जानकारी असार १९ गतेभित्र दिन गभर्नर डा चिरञ्जिवी नेपालले निर्देशन दिएका हुन्।

आ ब ०७६/७७को बजेटमा सरकारले मर्जर नीतिलाई ल्याएको बताउदै उनले यसबाट राष्ट्र बैङ्क पछि हट्न नसक्ने र मर्जर गराएरै छाड्ने स्पष्ट पारेका थिए । ‘केन्द्रीय बैङ्कको नीति फोर्स मर्जर नभएको आफुखुसी नै भएको बताउँदै त्यसले तपाईहरुलाई आफ्नो जोडी खोज्नुस भनेको हो,’ गभर्नर नेपालले बैङ्करलाई भने । मर्जरमा जानेलाई सहुलियत दिने उनले स्पष्ट पारेका छन् ।

बाणिज्य बैंकहरुलाई प्रोत्साहन मर्जरमा लैजाने उल्लेख गरेसँगै राष्ट्र बैंकले मर्जरका लागि दवाब दिँदै आएको छ ।