
रुपान्तरण परियोजना अन्तर्गत पहिलो वर्षमा ६० वटा सिकाइ स्थल (DEMOPLOT) बाट शुरु भएको शुन्य खनजोत वा बिना खनजोत लसुन खेती तेस्रो वर्षमा आउदा ६३० घरधुरीमा फैलिएको छ । यस प्रविधिमा लसुनको केस्रा धान काटेपछि एक दिनको अन्तरालमा धानको बुटामा रोपिन्छ। यस पद्धतिको उपयाेगले खनजाेत गर्ने आवश्यकता नपर्ने हुनाले खर्चको बचत हुन्छ। छापाे (मल्च)को प्रयोगले सूक्ष्मजीवको क्रियाकलापलाई सुधार्न, माटोको संकुचनलाई घटाउन र माटोको कटानलाई नियन्त्रण गर्न मद्दत पुर्याउँछ।
अनुसन्धानहरूले देखाए अनुसार यस पद्धतिको प्रयाेगबाट वातावरणमा नकारात्मक असर पार्ने ग्यास ( CO2) उत्सर्जन ९८% ले घटेको पाइएकाे छ। यस प्रणालीको अर्को फाइदा भनेको पानीको संरक्षण हो, जसका कारण किसानलाई सिँचाइमा कम समय र ऊर्जा खर्च गर्नुपर्ने हुन्छ। ऊर्जा खपत ११% ले घट्न सक्छ र उत्पादन लागत ३३% ले घट्न सक्छ। शुन्य खनजाेतमा (Zero-tillage) लसुन खेती कम लागत लाग्ने, ऊर्जा किफायती र वातावरणा मैत्री विधि हो।
राष्ट्रिय कृषक समूह महासंघ, नेपालद्वारा CARE Nepal को सहयोग एवं स्थानीय तहको सहकार्यमा सिरहा र सप्तरी जिल्लाका ६ वटा स्थानीय तहमा रूपान्तरण परियोजना संचालनमा रहेको छ ।
https://fb.watch/v_xQ16Gtu3/