डीडीसीको महाप्रबन्धकमा डा. शरण पाण्डे नियुक्त


काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. शरण पाण्डे दुग्ध विकास संस्थान (डीडीसी) को महाप्रबन्धक पदमा नियुक्त भएका छन्। इमान्दारिता, नवप्रवर्तन (इनोभेसन) र सुशासनमा स्थापित छवि बनाएका पाण्डेको नियुक्तिसँगै दुग्ध क्षेत्र सुधार र संस्थागत सुदृढीकरणमा नयाँ आशा जागेको छ।

मन्त्रालयस्तरीय निर्णयअनुसार पाण्डेलाई महाप्रबन्धको जिम्मेवारी दिइएको हो। डा. पाण्डेले किसानको भुक्तानी समस्या समाधानलाई पहिलो प्राथमिकता दिने बताएका छन्।

साथै, उत्पादनदेखि वितरणसम्मको प्रणालीलाई आधुनिक प्रविधिसँग जोड्दै डीडीसीलाई प्रतिस्पर्धी र प्रभावकारी बनाउने योजना अघि सारेका छन्।