२०८१ मंसिर, यस बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.ले सञ्चालक समितिबाट गठन गरिएका विभिन्न उपसमितिहरुका संयोजक तथा सदस्यहरुलाई चयन गरिएको पत्र तथा कार्य विवरण हस्तान्तरण गर्दै नवनियुक्त उपसमितिहरुको जिम्मेवारी हस्तान्तरण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष श्री कैलाश के.सी.को सभापतित्वमा चेतना केन्द्रमा आयोजित कार्यक्रममा संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकारहरु, नवनियुक्त उपसमिति र कर्मचारीहरू गरी ४९ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रमका सहभागीहरुलाई उपाध्यक्ष श्री प्रकाश भुर्तेलले स्वागत मन्तव्यमार्फत स्वागत गर्नु भएको थियो भने नवनियुक्त उपसमितिहरुलाई कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री विवेक राज ठकुरी र प्रमुख सल्लाहकार तथा पूर्व अध्यक्ष श्री रामहरि के.सी. ले प्रशिक्षण गर्नु भएको थियो ।
यसै कार्यक्रमको सन्दर्भ पारेर संस्थाका अध्यक्षज्यूबाट बुसा सहकारी अध्ययन पुस्तिका विमोचन समेत गरिएको थियो ।
कार्यक्रममा संस्थाका सल्लाहकारहरुलाई समेत चयन गरिएको पत्र हस्तान्तरण गरिएको थियो । संस्थाकी सदस्य सेवा शाखा प्रमुख श्री अनिता थापाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।