औषधि नीति र फार्मासिस्टको भूमिकाबारे सांसदसँग नीति संवाद
Economic Khabar
९ आश्विन २०८३, शुक्रबार १२:२१
काठमाडौं। विश्व फार्मासिस्ट दिवस–२०२६ को अवसरमा नेपाल फार्मेसी संघले औषधि नीति तथा फार्मेसी क्षेत्रका समसामयिक विषयमा संघीय सांसदहरूसँग नीति संवाद गरेको छ।
नयाँ बानेश्वरस्थित इन्द्रेणी सुइट्स होटलमा आयोजित ‘Policy Dialogue with Parliamentarians’ कार्यक्रममा फार्मेसी क्षेत्रको विकास, फार्मासिस्टको भूमिका तथा स्वास्थ्य प्रणालीमा उनीहरूको प्रभावकारी सहभागितालगायत विषयमा छलफल भएको हो।
नेपाल फार्मेसी संघका अध्यक्ष युवराज भुसालको अध्यक्षतामा भएको कार्यक्रममा सांसदहरू रन्जु दर्शना, तोसिमा कार्की र गुरु बराल तथा प्रमुख अतिथि डा. लेखजंग थापाले सम्बोधन गरेका थिए।
कार्यक्रम ‘Empowering Pharmacists for Healthier Futures’ भन्ने नारासहित विश्व फार्मासिस्ट दिवस–२०२६ को अवसरमा आयोजना गरिएको संघले जनाएको छ।