HEADS Nepal को ३३औं वार्षिक साधारण सभा सम्पन्न


काठमाडौ। HEADS Nepal (स्वास्थ्य, शिक्षा, कृषि तथा विकास समाज) को ३३औं वार्षिक साधारण सभा काठमाण्डौ बनस्थली चोक स्थित सामाजिक विकास संघ को भवनमा विभिन्न कार्यक्रमहरू आयोजना गरी सम्पन्न भएको छ।

संस्थाका वर्तमान अध्यक्ष दिलिप देवकोटाको अध्यक्षता रहेको सो सभाको प्रमुख अतिथिमा माननीय गणेश पराजुली र विशेष अतिथिमा पूर्व गभर्नर दीपेन्द्र बहादुर क्षेत्री हुनुहुन्थो ।

पुूर्व मन्त्री, यस संस्थाका अग्रज कृष्ण भण्डारी लागायत विभिन्न व्यक्तित्त्वहरुले आफ्नो मन्तब्य राख्नु भएको थियो।  प्रमुख अतिथि लगायत सम्पूर्ण वक्ताहरूले यो परोपकारी संस्थाले गर्दै आएका कामहरुको प्रशंसा गर्दै अझै सशक्त रूपमा अगाडि बढ्न प्रेरणा र हौसला प्रदान गर्नु भएको थियो।

संस्थाका अध्यक्ष दिलिप देवकोटाले आफ्नो कार्यकालमा भई रहेका गतिविधिहरूलाई जोड दिदैँ आगामी दिनमा संस्थालाई अझै उचाइमा पुर्याउनका लागि अगाडि बढ्ने दृढ प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

यस संस्थाका निवर्तमान अध्यक्ष ईश्वर चन्द्र बानियाँले संस्थाको बारेमा जानकारी दिनु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य यस संस्थाका वरिष्ठ उपाध्यक्ष दिव्यराज पौडेलले दिनुभएको थियो भने कार्यक्रम संचालन यस संस्थाका सचिव हिमा ढकालले गर्नु भएको थियो।