
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र कुपण्डोल ललितपुरमास्थित बृहत इन्भेष्टमेन्ट प्रा.लिबिच आज व्यवसायिक सम्झौता भएको छ । कुनै पनि व्यक्तिले बृहत इन्भेष्टमेन्ट प्रा.लिद्वारा संचालित चापागाँउ परियोजना अन्तर्गतका घर/जग्गाा खरिद गर्न चाहेको खण्डमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सो खरिदकर्तालाई सहज तरिकामा कर्जा उपलब्ध गराउने ब्यहोरा सम्झौता पत्रमा उल्लेख गरिएको छ।
घर/जग्गाा खरिद गर्न अधिकतम ४० वर्ष सम्मको समयावधीका लागि अधिकतम कर्जा रकम रु २ करोडसम्म उपलब्ध गराइनेछ । कर्जाको ब्याज दर ९.९९% तोकिएको पहिलो ७ वर्ष सम्मको लागि ब्याजदर स्थिर रहने ब्यहोरा सम्झौता पत्रमा उल्लेख गरिएको छ।
बैंकले आम ग्राहक महानुभावहरुलाई घर/जग्गाा खरिद गर्न झन्झट रहित, सहज र सरल कर्जा सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट काठमाडांै क्लस्टर प्रमुख सुप्रिया श्रेष्ठ र बृहत इन्भेष्टमेन्ट प्रा.लिको तर्फबाट कार्यकारी निर्देशक पूर्णिमा राजभण्डारीले हस्ताक्षर गरे।
यस सम्झौताले आम ग्राहकहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ।