काठमाडौं। भोटेकोशी नदी र त्रिशूली नदिमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एभरेष्ट बैंक लिमिटेडले तिन करोड ११ लाख रुपैयाँभन्दा बढी नगद सहयोग गरेको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दुई करोड ५१ लाख रुपैयाँ र बैंकका कर्मचारीहरूको तर्फबाट ६० लाख ५४ हजार ६०५ रुपैयाँ ३८ पैसा गरी कुल तिन करोड ११ लाख ५४ हजार ६०५ रुपैयाँ ३८ पैसा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।
बैंकका अनुसार उक्त सहयोग रकम भोटेकोशी बाढीबाट प्रभावित नागरिकको तत्कालीन राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रयोग हुनेछ।
बैंकले नगद सहयोगसँगै प्रभावित नागरिकका लागि आवश्यक राहत सामग्रीसमेत उपलब्ध गराएको जनाएको छ।