काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य १ लाख ६१ हजार रुपैयाँ कायमा भएको छ ।
यसको मूल्य अघिल्लो कारोबार दिन प्रतितोला १ लाख ६० हजार कायम भएको थियो ।
महासंघका अनुसार आज नेपाली बजारमा चाँदीको मूल्य भने प्रतितोला १५ रूपैयाँले बढे र १ हजार ९२० कायम भएको छ ।
अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस २ हजार ५८६ दशमलव २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
यो मूल्य गत कारोबार दिनको तुलनामा २१ दशमलव २२ प्रतिशतले बढी हो ।