आन्तरिक राजस्व विभागले बढी कर तिर्ने कम्पनीलाई सम्मान


काठमाडौं – आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ ।

विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो ।

विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ ।

वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

पर्यटन व्यवसायतर्फ सबैभन्दा धेरै कर तिर्नेमा तारागाउँ रिजेन्सी होटेल छ ।

वस्तु व्यापारबाट बढी कर तिर्नेमा भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर छ । आर्थिक वर्ष २०७९/८० मा वस्तु व्यापारबाट बढी कर तिर्ने करदाताको रूपमा भाटभटेनी सम्मानित भएको छ।

विशेष उद्योगहरुमध्ये आयविवरण अनुसार सबैभन्दा बढी आयकर बुझाउनेमा बरुण विभरेज नेपाल छ ।

रेमिटेन्स तथा मनी ट्रान्सफरको कारोबार गर्नेमध्ये सबैभन्दा धेरै कर तिर्नेमा सिटी एक्सप्रेस मनी ट्रान्सफर छ।