
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ ।
बैंकले तीन जना संस्थापक शेयरधनीको नाममा रहे को कुल १ लाख ९ हजार ९३ कित्ता शेयर बिक्रीमा राखेको हो ।
यो शेयर जोकोही व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउनेछन् । बैंकले यसअघि नै संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा राखिसकेको छ ।
इच्छुक खरिदकर्ताले आवश्यक कागजातसहित १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार काठमाडौंमा आवेदन दिनुपर्नेछ ।