ईकोनोमिक खबर, काठमाडौं।
सबै लघुवित्त संस्थाहरुलाई छिटो भन्दा छिटो मर्जरका लागि तयार रहन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले आजको कार्यक्रममा बताए।
‘लघुवित्त संस्थाको मर्जर र आवश्यकता’ विषयक अन्तरक्रियामा उनले ग्रामीण क्षेत्रको अति विकट र विपन्न जनताको गरिबी निवारणका लागि आर्थिक गतिविधि बढाउन टेवा र्पुयाउने उद्देश्यका साथ शुरु गरिएको लघुवित्त संस्थाको दिगोपनाका लागि पनि मर्जर अति आवश्यक भएको बताए।
गभर्नरले यस आ.व.मा नै सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको स्थापना गरिसक्ने बताए। नेपाल भरीका ७५३ वटा स्थानीय तहमध्ये ७२८ वटा स्थानीय तहमा बैंक तथा वित्तिय संस्था पुगिसकेको र बाँकी स्थानीय तहमा असार भित्रै बैंक तथा वित्तिय संस्थाको व्यवस्था गर्ने नेपाल राष्ट्र बैंकको योजना छ।