काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले एकता महाधिवेशन सम्पन्न भएको केही महिनापछि पदाधिकारी, केन्द्रीय सदस्य र सल्लाहकारहरूको वृहत् मनोनयन सम्पन्न गरेको छ।
संघको संशोधित विधानअनुसार कार्यसमितिमा केन्द्रीय सदस्यहरूको संख्या थप गर्दै ५१ जना पु¥याइएको छ भने सल्लाहकार र अन्य पदाधिकारीहरूमा पनि ठूलो संख्यामा मनोनयन गरिएको छ । संघका महासचिव डा. चिरञ्जीवी खड्काद्वारा जारी आन्तरिक परिपत्रअनुसार, एनआरएनएले सन् २०२५–२०२७ कार्यकालका लागि ५१ सदस्यीय सल्लाहकार टोली चयन गरेको छ ।
सल्लाहकारको ‘स्टेरिङ कमिटी’ सदस्यहरूमा:
- अमेरिकाबाट गौरी राज जोशी, बीआर लामा र रतन झा,
- बेल्जियमबाट गंगाधर गौतम,
- अस्ट्रेलियाबाट भवानी ओली, विनोद श्रेष्ठ र ईन्द्रा वन रहेका छन् ।
यस्तै, सल्लाहकारको मानार्थ तथा पूर्व पदाधिकारी समूहमा कतारबाट राज रेग्मी ,सागर नेपाल र महेन्द्र चम्लागाईं, बेल्जियमबाट अर्जुन कुमार श्रेष्ठ र सुभाष जोशी, अमेरिकाबाट विनोद भट्ट र डा. विष्णुमाया परियार, क्यानडाबाट चिरञ्जीवी घिमिरे, रूसबाट एक नारायण चापागाईं र उस्ताब अमात्य, फ्रान्सबाट हरिहर अर्याल, अस्ट्रेलियाबाट होम पाण्डे र सुरेन्द्र सिग्देल, हङकङबाट कृष्ण पाण्डे, बेलायतबाट लक्ष्य गुरुङ र पुनम गुरुङ, स्पेनबाट मुक्त गुरुङ, सेसेल्सबाट आरपी पन्त, जापानबाट रोशन केसी, सुदन थापा र डा. सरोज कँडेल, जर्मनीबाट सन्तोष भट्टराई तथा साउदी अरबबाट यास्मिन बेगम मनोनयन भएका छन् ।
विज्ञ, सार्वजनिक व्यक्तित्व र समुदायका अगुवाहरूका तर्फबाट बेलायतबाट वरिष्ठ पत्रकार भगीरथ योगी, प्रा. डेभिड गेल्नर र प्रा. पदम सिम्खडा, सल्लाहकार चयन हुनेहरूमा सिंगापुरबाट डा. अङ्गराज तिमिल्सिना, हङकङबाट अरुणा गुरुङ, थाइल्याण्डबाट प्रा. भारती लिम्बुनी, नेपालबाट डा. दिनेश पौडेल र राजेन्द्र खेतान, क्यानडाबाट डा. द्रोण रसाली, डा. लक्ष्मी पाठक र डा. मनिका प्रधान, अमेरिकाबाट डा. रुद्र अर्याल, प्रा. गोपी उप्रेती, डा. कृष्ण ढकाल, कुन्ती थापा र डा. सुमन पराजुली, अस्ट्रेलियाबाट डा. जगदीश तिम्सिना, डा. पुरु श्रेष्ठ र डा. राजु अधिकारी तथा जापानबाट डा. कमल लामिछाने र डा. राम गिरी रहेका छन् ।
केन्द्रीय पदाधिकारीहरूको मनोनयनतर्फ, उपमहासचिवमा क्यानडाबाट दीपक गौतम, इजरायलबाट दीपक ओली, रूसबाट गोविन्द गौतम, अमेरिकाबाट कृष्ण पोखरेल र पुरुषोत्तम बोहोरा, जर्मनीबाट डा. नवराज रोस्यारा, आयरल्याण्डबाट विनोद कार्की, तथा दक्षिण कोरियाबाट प्रकाश धमला चयन भएका छन् । सचिवमा कतारबाट पदम गिरी, नेदरल्याण्ड्सबाट साबु पौडल र अमेरिकाबाट कृष्णजीवी पन्त मनोनयन भएका छन् । सह–कोषाध्यक्षमाक्यानडाबाट देविका केसी,कतारबाट क्रान्ति सिंह, फ्रान्सबाट गीता थापा खनाल, अस्ट्रेलियाबाट अरुण ठाकुर, चेक रिपब्लिकबाट छत्र अधिकारी र मीन श्रेष्ठ, माल्टाबाट गोविन्द खरेल, पोर्चुगलबाट माधव पोखरेल, चीनबाट प्रदीप न्यौपाने तथा डेनमार्कबाट सैलु अधिकारी र शिव कार्की रहेका छन् । क्षेत्रीय समन्वय समितिअन्तर्गत युरोप क्षेत्रको उप–क्षेत्रीय संयोजकमा लक्जमबर्गबाट हरि खत्री, माल्टाबाट रेम्स खनाल र सत्य झा, स्पेनबाट सालिकराम डुम्रे, नेदरल्याण्ड्सबाट संघर्षशील केसी,
डेनमार्कबाट कमल शर्मा, सीता बराल र सुरेश पुन, स्विट्जरल्याण्डबाट कृष्ण सिवाकोटी, पोर्चुगलबाट नृपेश गिरी र राज कुमार थापा, नर्वेबाट शिवानी श्रेष्ठ, बेल्जियमबाट तीर्थ धमला र इजरायलबाट विशाल भण्डारी चयन भएका छन् । एसिया प्रशान्त क्षेत्रको उप–क्षेत्रीय संयोजकमा मलेसियाबाट राकेस प्रसाद (आरके) महतो र नारायण अधिकारी , कोरियाबाट बुद्धि गुरुङ, जापानबाट देवराज उप्रेती र श्रवण सत्याल, तथा चीनबाट सुदेश झा रहेका छन् भने मकाउबाट विन्दु सुनुवार क्षेत्रीय महिला संयोजक छानिएकी छन् । अमेरिका क्षेत्रको उप–क्षेत्रीय संयोजकमा अमेरिकाबाट अन्जन चौलागाईं, गोविन्द सुवेदी र मीन खड्का, क्यानडाबाट लिला थापा, सरोज भट्टराई र यम खत्री तथा चिलीबाट सरोज अर्याल मनोनयन भएका छन् । सोही क्षेत्रको महिला संयोजकमा अमेरिकाबाट छत्र गुरुङ, उप–महिला संयोजकमा क्यानडाबाट कल्पना ढकाल र युवा संयोजकमा अमेरिकाबाट विशाल राना चयन भएका छन् ।
ओशिनिया क्षेत्रको उप–क्षेत्रीय संयोजकमा न्यूजिल्याण्डबाट दयानिधि गौतम, अस्ट्रेलियाबाट कृष्ण मान श्रेष्ठ र सूर्य आचार्य मनोनयन भएका छन् । अस्ट्रेलियाबाटै समिता गुरुङ महिला संयोजक, रोजी पन्त उप–महिला संयोजक र दिमन राज उपाध्याय उप–युवा संयोजक छानिँदा न्यूजिल्याण्डबाट विपिन भण्डारी युवा संयोजक रहेका छन् । अफ्रिका क्षेत्रमा घानाबाट विकास सुवेदी र नाइजेरियाबाट भरत रिजाल उप–क्षेत्रीय संयोजक बनेका छन् । मध्यपूर्व क्षेत्रबाट कतारका पूर्ण पोखरिया र तेज कटुवाल , कुवेतबाट सुरज मास्के तथा यूएईबाट दीपक खड्का उप–क्षेत्रीय संयोजक चयन भएका छन भने यूएईबाटै सुभद्रा बुढाथोकी र बिना मानन्धर महिला संयोजकमा मनोनयन भएका छन् । संघको संशोधित विधानअनुसार ५१ जना केन्द्रीय सदस्यहरू पनि मनोनयन गरिएको छ ।
आईसीसी सदस्यमा कतारबाट तुलसीराम पाण्डे र युवराज शर्मा, महिला तथा दोस्रो पुस्ताका तर्फबाट बेल्जियमबाट आभा मल्ल र चन्द्र (ईशा) कुमारी गुरुङ, अस्ट्रेलियाबाट डिभा जोशी र करुणा रावत, इजरायलबाट गीता सुवेदी, अमेरिकाबाट जानकी कार्की र पुनम घिमिरे, साउदी अरबबाट जस्मिन बेगम, बेलायतबाट कल्पना त्रिपाठी र जागृत पौडेल, चीनबाट खुस्बु अग्रवाल, बेलारुसबाट कृती महतो, डेनमार्कबाट मनिषा सिंह कोइराला, जर्मनीबाट मेनुका त्रिपाठी, रूसबाट समिरा केसी, दक्षिण अफ्रिकाबाट डा. सरिता पाण्डे भट्टराई, लक्जमबर्गबाट विश्वजित थापा र बेलायतबाट गौरव राज केसी तथा क्यानडाबाट इभान शर्मा रहेका छन् । विज्ञ समूहबाट कोरियाबाट डा. ज्ञानेन्द्र जोशी, अस्ट्रेलियाबाट प्रा. कृष्ण श्रेष्ठ र इन्जिनियर राजु उपाध्याय, अमेरिकाबाट इन्जिनियर कुलमणि आचार्य र डा. सञ्जीव सापकोटा तथा बेलायतबाट डा. सुनील शाह चयन भएका छन् ।
अन्य सदस्यहरूमा न्यूजिल्याण्डबाट आत्माराम खनाल, बेल्जियमबाट विनोद न्यौपाने, अस्ट्रेलियाबाट दीपक भुसाल, केशव जोशी र मिक्की सुवेदी, जापानबाट डिका कार्की, जीवन न्यौपाने, सन्तोष थापा, सुरेन खड्का र सुरेश चन्द्र उपाध्याय, नेदरल्याण्ड्सबाट दिनेश अर्याल, पोर्चुगलबाट दिपेश विक्रम विष्ट र उमेश खड्का, अमेरिकाबाट दुर्गा श्रेष्ठ र राजेन्द्र वाग्ले, स्पेनबाट गंगा भुसाल, पोल्याण्डबाट ईश्वर देवकोटा, थाइल्याण्डबाट कुमार कार्की, क्यानडाबाट लक्ष्मण अधिकारी, डेनमार्कबाट रबिन कार्की, बेलायतबाट राजन खकुरेल र राम चन्द्र गुरुङ, आयरल्याण्डबाट रवि बोगटी, मकाउबाट शिव थापा मनोनयन भएका छन् ।