दूरसञ्चार प्राधिकरणमा घिमिरे नियुक्त, परिणाममुखी भएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन


काठमाडौँ – नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को यही असार २४ गतेको निर्णयअनुसार उहाँहरूलाई नियुक्त गरिएको हो ।

नवनियुक्त अध्यक्षद्वयले आज सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाबाट नियुक्तिपत्र ग्रहण गर्नुभएको छ । दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष घिमिरेले आजै पद तथा गोपनीयताको शपथसमेत लिनुभएको छ ।

नियुक्तपत्र प्रदान गर्नुहुँदै सञ्चारमन्त्री डा. तिमिल्सिनाले प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनोट भई जिम्मेवारीमा आउनुभएका दुवै संस्थाका अध्यक्षप्रति उच्च अपेक्षा रहेको बताउनु भयो ।