ईकोनोमिक खबर, काठमाडौं।
एनसिसी, एनआईसी एशिया र कामना सेवा विकास बैंकले विभिन्नपदका लागी कर्मचारी माग गरेका छन्।
एनसिसी बैंकले सहायक प्रमुख कार्यकारी अधिकृत पदका लागि विज्ञापन खुला गरेको छ। सहायक प्रमुख कार्यकारी अधिकृत पदको लागि कम्तिमा राष्ट्रिय स्तरका बाणिज्य बैंकमा कम्तीमा १५ वर्षको कार्यानुभव भएको हुनुपर्छ। कम्तिमा २ वर्ष उच्च व्यवस्थापकिय भुमिकामा रहेर काम गरेको हुनुपर्ने राखेको छ। अन्य एक जना सहायक महाप्रबन्धक, सुदुर पश्चिममा काम गर्ने गरि २ जना असिस्टेन्ट म्यानेजर र १० जना म्यानेजमेन्ट ट्रेनीको लागि विज्ञापन खुला गरेको हो।
एनआईसी एशिया बैंकले १/१ जना डेपुटी जनरल म्यानेजर, डेपुटी चिफ रिस्क म्यानेजर र डेपुटी हेड अफ इन्टर्नल अडिटमा कर्मचारी माग गरेको हो। सिनियर अफिसर पदका लागि पनि १४ जना कर्मचारी आह्वान गरिएको छ। डेपुटी हेड अफ डिएनए एण्ड ट्यालेन्ट म्यानेजमेन्टका लागि उपत्यका भित्र १ जना र उपत्यका बाहिर ५ जना कर्मचारी माग गरिएको छ। अफिसर पदको इन्टर्नल अडिटका लगि ५० जना कर्मचारी माग गरिएको छ। त्यस्तै जुनियर अफिसर पदका लागि ६ जना कर्मचारी मागेको छ। सहायक स्तरको पदका लागि पनि २ जनाको माग गरिएको छ। म्यानेजर स्तरको पदका लागि कम्तिमा स्नातकोत्तर गरि ५ देखि १० वर्षको कार्य अनुभव हुनुपर्नेछ र अफिसर स्तरको पदका लागि स्नातकोत्तर गरि कम्तिमा पनि ५ वर्षको कार्यअनुभव हुनुपर्नेछ।
यसैगरी कामना सेवा विकास बैंकले पुराना तथा नयाँ १८ वटा शाखा कार्यालयका लागि ब्रान्च म्यानेजर पदमा विज्ञापन खुला गरेको छ। ब्रान्च म्यानेजरका लागि कम्तिमा पनि तीन वर्षको कार्यानुभब हुनुपर्नेछ। रिलेशनसिप म्यानेजर पदका लागि पनि नयाँ तथा पुराना १३ शाखा कार्यालयका लगि कर्मचारी माग गरिएको छ। २८ वटा शाखा कार्यालयको लागि सर्भिस म्यानेजरको विज्ञापन खुला गरिएको छ। बैंकले शाखा कार्यालय तोकेरै ६९ जना कर्मचारी माग गरेको हो। बैंकले कानुनी विभागका लागि सहायक स्तरका केही कर्मचारी माग गरिएको छ। बैंकले ट्रेनीका लागि केही कर्मचारी माग गरेको छ।
कामना सेवा विकास बैंक, एनसिसी बैंक र एनआईसी एशिया बैंकका लागी फारम भर्ने मिति यहि असार ११ गतेसम्ममा अनलाइनबाट आवेदन दिन सक्नेछन्।