कालभैरब स्पोट्स एकेडेमीको आयोजनामा भैँसीपाटी आवासस्थित कम्ब्याट फिटनेसमा सम्पन्न कालभैरब उसु सान्डा प्रो च्याम्पियनसिप–२०८३सम्पन्न भएको छ ।
विजेतालाई युवा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धि ब्यन्जनकार, सल्लाहकार राजु सिंहलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
प्रतियोगितामा ६ वटा साण्डा प्रो इभेन्ट र १२ वर्षमुनिका जुनियर खेलाडीहरूका ५ वटा लाइट साण्डा फाइट सम्पन्न भएका थिए ।
प्रतियोगिताका प्रमुख नतिजाहरू:
– मेन इभेन्ट (महिला ५२ केजी) रेस्मा बोलनले शान्ति थिङलाई पराजित गर्दै उपाधि जितिन् ।
– मेन इभेन्ट (पुरुष ५२ केजी) सुशान्त चौधरीले आशिष तामाङलाई लगातार दुई राउन्ड जित्दै उपाधि जिते।
अन्य साण्डा प्रो इभेन्टहरू:
– पुरुष ४८ केजीः ओमप्रकाश कोहोली विरुद्ध बिबेक बिके बिचको खेलमा बिबेकलाई नकआउट गर्दै कोहोलीले जित निकाले
– महिला ४८ केजीः सोनी तामाङ विरुद्ध सृजना बिसीले जित निकालिन् ।
– पुरुष ४५ केजीः मिरक लिम्बु विरुद्ध सम्राट थापा बिच कडा प्रतिस्पार्दा बिच सम्राटले मिरकलाई हराए ।
– पुरुष ४२ केजीः उत्सव पुरी विरुद्ध विशाल रानालाई हराए ।