काठमाडौं।सानिमा बैंकले नेपाल क्लियरिङ हाउस (NCHL) सँगको सहकार्यमा नेपाल–भारत रियल–टाइम Person-to-Person (P2P) भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ। नयाँ सेवामार्फत नेपाल र भारतबीच व्यक्तिगत रूपमा छिटो, सुरक्षित र कम लागतमा रकम पठाउन तथा प्राप्त गर्न सकिने बैंकले जनाएको छ।