सरुवा मापदण्ड कि वास्तविक समस्याबाट ध्यान मोड्ने प्रयास? नार्कका कर्मचारीको असन्तुष्टि


काठमाडौं, कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा सुशासन कायम गर्ने उद्देश्यले कर्मचारी सरुवा तथा पदस्थापना व्यवस्थापनसम्बन्धी नयाँ मापदण्ड लागू गर्ने घोषणा गरेपछि त्यसप्रति नार्कभित्रैबाट असन्तुष्टि व्यक्त हुन थालेको छ। कर्मचारीहरूले सरकारको प्राथमिकता सुशासनभन्दा पनि वास्तविक समस्याबाट ध्यान मोड्ने प्रयास भएको आरोप लगाएका छन्।