सिआइबीको कारण प्रहरी प्रशासनलाई असर


काठमाडौं। प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइवी) ले गरेका केही कामका कारण प्रहरी प्रशासन बदनाम भएको छ ।

सीआइवीले गरेका कतिपय गलत कामका कारण त्यसको प्रतक्ष्य असर प्रहरीको मुख्य कार्यालयलाइ परेको छ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले शान्ति सुरक्षा कायम गर्न सक्रियता देखाएर प्रहरीलाई २४ सै घण्टा तैनाथ राखेका छन् । तर सीआइबीले कतिपय अवस्थामा पूरा तयारी नै नगरी विभिन्न व्यक्तिलाई पक्राउ गर्ने र केही दिनमा छोडिदिने गरेकाले त्यसको प्रतक्ष्य असर प्रहरी प्रशसनमा परेको छ । सीआइबीले विभिन्न अभियोग र मुद्या लगाएर व्यक्तिलाई पक्राउ गर्ने र अन्तिममा प्रमाण नपुगेकाले छोड्ने गरेकाले प्रहरी प्रशासन नै बदनाम भएको छ ।

दान बहादुर कार्की कात्तिक २४ गते नेपालको ३३ औं आइजीपी नियुक्त भएका हुन् । तत्कालीन सुशीला कार्कीको नेतृत्वको सरकारले उनलाई आइजीपीमा नियुक्त गरेपछि उनले आफ्नो जिम्मेवारी कुशलतापूर्वक वहन गर्दै आएका छन् । कठिनाइका बीच पनि गत फाल्गुण २१ गतेको प्रतिनिधिसभाको निर्वाचन धाँधलीरहित ढंगले गरेपछि आइजीपी कार्कीको चर्चा झन् चुलिएको हो । निर्वाचन गराउन सरकारले देखाएको सक्रियतामा प्रहरी प्रशासनले पनि साथ दिएको थियो । प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्यालसँगै प्रहरीका आइजीपी कार्कीको अथक मिहनेतले निर्वाचन सम्पन्न भएको हो । पहिले हुने गरेका निर्वाचनमा कतिपय उम्मेदवारले धाँधलीको आरोप लगाउने गरेका थिए, कतै बुथ क्याप्चरको पनि कुरा आउँथ्यो भनें यसपालि न त यस्तो आरोप लाग्यो न त कतै दो-याएर निर्वाचन नै गर्नुप-यो । निर्वाचनलाई सम्पन्न गर्न निर्वाचन आयोगका साथै सशस्त्र प्रहरीको र आर्मीको पनि उत्तिकै भूमिका रहेको थियो ।

प्रमुख राजनीतिक दलहरु नै निर्वाचनको पक्षमा नरहेका बेला असहज अवस्था पनि निर्वाचनको वातावरण तयार पार्नुमा प्रहरीको मुख्य योगदान रहेको छ । सीआइवीले बिनाप्रमाण विभिन्न व्यक्तिलाई पक्राउ गर्ने र छोड्ने गरेपछि अदालतले पनि बोलेको छ । अदालतले प्रमाण पु-याएरमात्र पक्राउ गर्न पनि सीआइबीलाई आग्रह गरेको छ।
सीआइबीमा रहेका कसैको भित्री मनासयका कारण पनि प्रहरीलाई बदनाम गर्न खोजिएको हो कि भन्ने पनि अनुमान लगाउन थालिएको छ ।

अपराध अनुसन्धान क्षेत्रका कमीकमजोरी र चुनौतीहरुको समाधान र बैज्ञानिक ढंगले व्यवस्थापन गर्न गराउन, परिवर्तित परिवेशअनुरुप नेपाल प्रहरीको ब्यवसायिक दक्षताको विकास र उर्जाको प्रयोग गर्न, अपराध र अपराधिक प्रवृित्तलाई निरुत्साहित र नियन्त्रण गर्न भइरहेका प्रयासलाई संगठित र एकीकृत गर्न सीआइवीको स्थापना भएको भनेर सीआइवीले आफ्नो पेजमा जनाएको छ ।