काठमाडौँ, असार १५, नेपाली किसानका लागि असार केवल पात्रोको एउटा महिना होइन, खेतबारीमा भविष्य रोप्ने समय हो। “असारमा मानो रोप्यो भने मंसिरमा मुरि फल्छ” भन्ने उखानले कृषि प्रधान नेपालको जीवनशैली र अर्थतन्त्रलाई चित्रण गर्छ। यही परम्परालाई निरन्तरता दिँदै आज देशभर २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८३ “जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” भन्ने नारासहित मनाइँदै छ।
२३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मूल आयोजक समितिका सदस्यले देशभरका किसानलाई शुभकामना दिँदै धान उत्पादन बढाउन उपलब्ध सबै खेतीयोग्य जमिनमा रोपाइँ गर्न आह्वान गरेका छन्।
आज रोपाइँ दिवस केवल परम्परा वा उत्सव मात्र नभई खाद्य सुरक्षा, राष्ट्रिय अर्थतन्त्र र कृषिमा आत्मनिर्भरतासँग जोडिएको अभियान भएको उल्लेख गरेका छन्। “जहाँ पानी पुग्छ, जहाँ खेतीयोग्य जमिन छ, त्यहाँ कुनैपनि खेत बाँझो नराखौं,” भन्ने उनको आग्रह छ।
तर यस वर्षको धान दिवस विगतका वर्षभन्दा फरक सन्दर्भमा आएको छ। मनसुन ढिलो सक्रिय हुँदा धेरै जिल्लामा पर्याप्त वर्षा हुन सकेको छैन। समयमा पानी नपर्दा रोपाइँ प्रभावित हुने चिन्ता किसानमा बढेको छ। जलवायु परिवर्तनका कारण मौसमको चक्र असन्तुलित बन्दै गएको र यसको प्रत्यक्ष असर कृषि उत्पादनमा देखिन थालेको कृषि विज्ञहरू बताउँछन्।
मानव गतिविधिका कारण प्राकृतिक स्रोतहरूको अत्यधिक दोहन, वन विनाश र प्रकृति विपरीत विकासका अभ्यासले अहिलेको जलवायु संकट निम्त्याएको उल्लेख गर्दै अब प्रकृतिसम्मत खेती प्रणालीतर्फ अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन्। जलवायु मैत्री तथा वातावरणमैत्री कृषि प्रविधि अपनाएर मात्रै उत्पादन वृद्धि र खाद्य सुरक्षाको लक्ष्य हासिल गर्न सकिन्छ।
धान नेपालको प्रमुख खाद्यान्न बाली हो। यसले लाखौँ किसानको जीविकोपार्जन, ग्रामीण अर्थतन्त्र र राष्ट्रिय खाद्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। त्यसैले राष्ट्रिय धान दिवसले उत्सवको मात्रै होइन, कृषि आधुनिकीकरण, जलवायु अनुकूलन र आत्मनिर्भर नेपालको साझा संकल्पलाई पनि सन्देश दिएको छ।
यस वर्षको धान दिवसले किसानलाई रोपाइँको उत्साहसँगै प्रकृतिप्रति उत्तरदायी हुँदै जलवायु परिवर्तनको चुनौती सामना गर्ने प्रतिबद्धता दोहोर्याउने अवसर प्रदान गरेको छ।
कुनै पनि खेत बाँझो नराखौं,” भन्ने उनको आग्रह छ।