साउदी रोजगारीका नाममा नयाँ शुल्कको जाल: श्रमिक संरक्षण कि संस्थागत सिण्डिकेट?


“नयाँ मापदण्ड कार्यान्वयनसँगै नेपाली कामदारले थप खर्च बेहोर्नुपर्ने अवस्था, श्रम बजारमा पारदर्शिता र प्रतिस्पर्धामाथि प्रश्न उठ्न थाले”

काठमाडौं। नेपाली श्रमिकलाई प्रमुख गन्तव्य मुलुक साउदी अरबले लागू गरेको स्किल भेरिफिकेसन प्रोग्राम (SVP) अर्थात् सीप प्रमाणीकरण प्रणालीले नेपालमा नयाँ बहस जन्माएको छ। श्रमिकको सीप परीक्षण र प्रमाणीकरणका नाममा लागू गरिएको यो व्यवस्था वास्तवमै साउदीको श्रम बजारको आवश्यकता हो कि यसले नयाँ प्रकारको सिण्डिकेट र अतिरिक्त आर्थिक भार सिर्जना गर्नेछ भन्ने प्रश्न उठ्न थालेको छ।