टोखा नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, बजेट तथा नीति–कार्यक्रम प्रस्तुत
Economic Khabar
९ असार २०८३, मंगलवार ०९:१३
काठमाडौं। टोखा नगरपालिकाको १९औँ नगरसभा सभापति तथा नगर प्रमुख प्रकाश अधिकारीको अध्यक्षतामा सम्पन्न भएको छ। नगरसभामा प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले आर्थिक वर्षको बजेट, कार्यक्रम तथा समग्र प्रशासनिक प्रगतिको विवरण सुनवाइ मा उपस्थिति गर्नुभएको थियो।
नगरसभामा उपप्रमुख मुरारी तामाङले आगामी नीति तथा कार्यक्रम, योजनाको प्राथमिकता र नगरको विकास रणनीतिबारे प्रस्तुति राख्नुभएको थियो।
सभामा नगरपालिकाका जनप्रतिनिधि, वडा अध्यक्ष, कर्मचारी तथा सरोकारवालाको सहभागिता रहेको थियो। नगरसभाले नगरको समग्र विकास, पूर्वाधार विस्तार, सेवा प्रवाह सुधार तथा नागरिकमैत्री कार्यक्रमलाई प्राथमिकतामा राख्दै आगामी योजनाहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।