काठमाडौं। गरिमा विकास बैंक लिमिटेडलाई काठमाडौंमा आयोजित १८औं कर्पोरेट बिजनेस अवार्ड एन्ड समिट २०२६ मा विकास बैंक विधातर्फ प्रतिष्ठित ‘डेभलपमेन्ट बैंक अफ द इयर २०२६’ अवार्ड प्रदान गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि माननीय हरि ढकालले बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई उक्त सम्मान प्रदान गर्नुभएको हो।
यसअघि पनि गरिमा विकास बैंकले १०औं न्यू बिज कन्क्लेभ एन्ड बिजनेस एक्सिलेन्स अवार्ड २०२६ मा ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक २०२६’ सम्मान प्राप्त गरेको थियो। यसले बैंकको उत्कृष्ट कार्यसम्पादन, प्रभावकारी व्यवस्थापन तथा सुशासनको उच्च मापदण्डलाई झल्काएको छ।
आईएसओ ९००१:२०१५ तथा आईएसओ २७००१:२०२२ प्रमाणपत्र प्राप्त गरिसकेको गरिमा विकास बैंकले हाल देशभर १२६ शाखा कार्यालय र ५१ एटीएममार्फत करिब ९ लाख ग्राहकलाई आधुनिक, सुरक्षित तथा गुणस्तरीय डिजिटल बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
बैंकले ग्राहक सन्तुष्टि, सेवा गुणस्तर तथा नवीन प्रविधिमार्फत नेपालको वित्तीय क्षेत्रमा थप योगदान पुर्याउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ।