-1727711754.jpeg)
काठमाडौं। नेपाल रग्बी संघ र एनएफजेएफ एकेडेमीको संयुक्त आयोजनामा एसिया इमिरेट्स रग्बी सेभेन्स ट्रफीको पूर्वसन्ध्यामा रग्बीको नो योर गेम्स कार्यशाला सोमबार लेमन ट्रि होटल, बुढानिलकण्ठमा सम्पन्न भएको छ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्की सदस्य अन्जना मास्के, रग्बी संघका अध्यक्ष दीपक देवकोटा, वरिष्ठ उपाध्यक्ष चेतनराज गिरी, महासचिव गोबिन्द घिमिरे, नेपाल खेलकुद पत्रकार मन्चका पूर्व अध्यक्ष निरन्जन राजवंशीलगायतको उपस्थिति रहेको थियो।
रग्बी संघका अध्यक्ष दीपक देवकोटाले शुभकामनाका साथै स्वागत मन्तब्य ब्यक्त गर्नुभयो। एसीयाका सत्र देशका २२ टिमको सहभागी हुने यस एसिया इमिरेट्स रग्बी सेभेन्स ट्रफी खेल संचालन गर्ने अवसरलाई ठूलो उपलब्धीको रुपमा सकिन्छ, आफ्नै रंगशाला नभए पनि यस्ता गेम सफलताका साथ संचालन गरेर राम्रो सन्देश दिनेछ भन्ने अध्यक्षले भन्नुभयो।
कार्यक्रमको उदेश्य खेल पत्रकारहरूलाई रग्बी खेल बारे थप जानकारी दिनु रहेको संघका उपाध्यक्ष चेतनराज गीरीले बताउनु भयो, नेपालमा रग्बी खेलको अहिले सम्मको ईतिहास, उतारचढावका विच विभिन्न राष्ट्रिय, अन्तराष्ट्रिय खेलमा नेपालको सहभागीता रहेको बताउनु भयो । सन १९९२ मा टुँडिखेल बाट शुरु भएको रग्बी अहिले एसियन रग्बी खेल आयोजनाले राष्ट्रको सान उचो बनाएको छ, उनले भने ।
नेपाल खेलकुद पत्रकार मन्चका पूर्व अध्यक्ष तथा संयोजक निरन्जन राजवंशीले हाम्रो र दर्शकको आर्कषण गोलो बलहरुमा नै धेरै छ यसमा आवश्यक जानकारी कमीले गर्दा समाचार लेखनमा कमी रहेको हुनाले र अरु दुई सय जति खेलमा समाचार संकलनमा हुदा अलि ओझेलमा परेको जस्तो देखिन्छ, आजको यस कार्यक्रममा खेल पत्रकारलाई रग्बी खेलका विभिन्न विषयको जानकारी फलदायी हुने बिश्वास राख्नुभयो।
खेलको विषयमा रग्बी खेलका प्रमुख प्रशिक्षकहरु टंकराज गिरि र विनोद तामांगले समग्र खेलका विषयहरुमा प्रशिक्षण दिनु भयो। यसका साथै पत्रकारका विभिन्न जिज्ञासाहरु लाई सरल तरीकामा प्रष्ट पार्नुभयो, अवका दिनमा पनि यस्ता कार्यक्रम फलदायी रहेकोे जानकारी सहित खेल पत्रकारका अध्यक्षका विचार सहित कार्यक्रम समापन भयो।
कार्यक्रममा ३० जना खेल पत्रकारहरूको सहभागिता रहेको थियो।
एसिया रग्बी अक्टोबर ४ देखि ५ तारिखसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।