रात्रियात्रामा नो टेन्सन….. टया्क्सीको झन्झट दुर हुने


ईकोनोमिक खबर, काठमाडौं।

यहि असार १ गते देखि रात्रिकालीन सेवामा सार्वजनिक यातायात संचालनहुने भएको छ।

यातायात व्यवस्था विभागले जनाए अनुसार यहि असार १ गते देखि काठमाण्डौमा रात्री बससेवा संचालन गर्ने भएको छ। विभागका महानिर्देशक कुमार दहालका अनुसार यातायात ब्यवसायीलाई यस बससेवा संचालन प्रक्रिया शुरू गर्न लागेको जनाए।

‘अब हामी बैज्ञानिक भाडादर, मालबाहक गाडीलाई ९ बजे सम्म अनुमति, रात्री बससेवा संचालनमा आउने बताए। यसरी यात्रुहरुले राति ९ बजे सम्म यात्रागर्न सहज हुनेछ। यसमा सबै सरोकारवालाहरुको सहयोगको आब्हान गर्नुभयो, त्यहीअनुसार अन्यथप प्रक्रिया अघि बढ्दै जानेछ दाहालले बताउनु भयो।