सानिमा बैंकको दराजसंग दशैं धमाका योजनाका लागि सहकार्य


काठमाण्डौं। सानिमा बैंकले ग्राहकहरुका लागि बडादशैंको अवसरमा दराजसंग दशैं धमाका योजनामा विशेष छुट दिने सहकार्य गरेको छ। 

योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानीगर्दा विशेष छुट प्राप्तगर्न सक्नुहुनेछ। 

ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा दश प्रतिशत वा अधिकतम् रु १,५००/-सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानीगर्दा पन्ध्र प्रतिशत वा अधिकतम् रु २,०००/- सम्मको छुट प्राप्तगर्न सक्नुहुनेछ। 

योजना अवधिभर सहभागीहुने ग्राहकहरुलाई “पहिलोलाई प्राथमिकता” को आधारमा छुट प्रदानगरिने छ ।

छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ। यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी (EMI) सुविधा पनि प्राप्तगर्न सक्नुहुनेछ।

यो योजना २०८१ आश्विन ११ देखि २१ गतेसम्म ११ दिनका लागि लागू हुनेछ।

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।

छुटको विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/digital-banking/offers मा उपलब्ध छ।