काठमाडौं। विद्युतीय सामग्री उत्पादक कम्पनी एन्कर नेपालले सञ्चालन गरेको ‘एन्कर पावर हंगामा २०२६’ योजनाका विजेताहरू घोषणा गरेको छ। उपभोक्तामाझ उत्साहजनक सहभागिता रहेको उक्त योजनाअन्तर्गत बम्पर उपहारस्वरूप प्रदान गरिने डोङफेङ नाम्मी बक्स विद्युतीय कार सहित विभिन्न आकर्षक पुरस्कारका विजेताहरू सार्वजनिक गरिएको हो।
कम्पनीका अनुसार योजनामा देशभरबाट हजारौं उपभोक्ताले सहभागिता जनाएका थिए। लक्की ड्रमार्फत छनोट गरिएका विजेताहरूलाई विद्युतीय कार, मोटरसाइकल, स्मार्ट टेलिभिजन, घरेलु विद्युतीय सामग्रीलगायतका पुरस्कार प्रदान गरियो।
नेपालभरका ग्राहकलाई सम्मान र पुरस्कृत गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानबारे बोल्दै सेलुसिटी इन्टरनेसनल प्रालिका निर्देशक अमित्राले एन्कर र साउन्डकोरमाथि निरन्तर विश्वास गर्ने ग्राहकलाई सम्मान गर्न अभियान सञ्चालन गरिएको बताए। उनले अभियानलाई सफल बनाउन सहयोग पुर्याउने ग्राहक, खुद्रा विक्रेता, वितरक तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गर्दै यसले उपभोक्तासँगको सम्बन्ध थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।
कम्पनीका अनुसार ‘एन्कर पावर हंगामा २०२६’ नेपालमा एन्कर र साउन्डकोरका उत्पादनप्रतिको आकर्षण बढाउने, आधिकारिक बिक्री सञ्जाललाई बलियो बनाउने तथा खुद्रा तहमा ग्राहकसँगको सम्बन्ध थप मजबुत बनाउने उद्देश्यका साथ सञ्चालन गरिएको उपभोक्तामुखी अभियान हो।
अभियानअन्तर्गत सहभागी स्टोरहरूबाट ३ हजार रुपैयाँ वा सोभन्दा बढी मूल्यका एन्कर वा साउन्डकोरका योग्य उत्पादन खरिद गर्ने ग्राहकले लक्की ड्र कुपन प्राप्त गरेका थिए। प्रत्येक वैध कुपन अन्तिम लक्की ड्रमा सहभागी हुन योग्य रहेको थियो।
कम्पनीका अनुसार अभियान पहिलो चरणमा १ डिसेम्बर २०२५ देखि ३१ जनवरी २०२६ सम्म र दोस्रो चरणमा १ मार्च २०२६ देखि ३० अप्रिल २०२६ सम्म सञ्चालन गरिएको थियो। साथै, प्रवर्द्धनात्मक अवधिमा मार्फत गरिएका अनलाइन खरिदहरूलाई समेत अभियानमा समावेश गरिएको थियो।
कार्यक्रममा वैध कुपनहरूको छनोट आमन्त्रित अतिथि तथा अभियानका सरोकारवालाहरूको उपस्थितिमा गरिएको थियो। विजेता कुपन नम्बरहरू कार्यक्रमस्थलमै घोषणा गरिएको छ भने अभियानका नियम तथा सर्तअनुसार प्रमाणीकरण प्रक्रिया पूरा भएपछि विजेताहरूलाई सम्पर्क गरिने कम्पनीले जनाएको छ।
अभियानका प्रमुख पुरस्कारहरूमा बम्पर उपहारस्वरूप कार, दुई थान मोटरसाइकल, तीन थान सुनका सिक्का, दुई जनाका लागि थाइल्यान्ड भ्रमण प्याकेज तथा दुई थान वासिङ मेसिन समावेश रहेका थिए।
कम्पनीले यस्ता अभियानले ग्राहकप्रति कृतज्ञता व्यक्त गर्नुका साथै आधिकारिक बिक्री सञ्जालमार्फत गुणस्तरीय उत्पादनको पहुँच विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।