एनएमबि बैंकले दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर


काठमाडौं । एनएमबि बैंकले दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको छ ।

दीगो युटिलिटी–स्केल सौर्य र कृषि परियोजनाहरूको विकासको लागि प्राविधिक सहयोग तथा सल्लाह भित्र्याउने उद्देश्यले डच फन्ड फर क्लाइमेट एण्ड डेभलपमेन्ट (डीएफसीडी) सँग सम्झाैता गरेको हाे ।

अमेरिकी डलर २० मिलियनको पहिलो सम्झौता भएकाे हाे।

अन्तर्राष्ट्रिय मापदण्ड निर्धारण गर्ने निकाय हाइड्रोपावर सस्टेनेबिलिटी एलायन्सले प्रारम्भिक जलविद्युत दीगोपन मूल्याङ्कन गर्न प्राविधिक सल्लाहकार उपलब्ध गराउनका लागि डच उद्यमशील विकास बैंक, एफएमओसँग दोस्रो सम्झौता गरेको छ ।

नेपाल विद्युत प्राधिकरणको नेपालभर ८०० मेगावाटसम्मको ग्रिड जडित सौर्य ऊर्जा बिस्तार गर्ने नयाँ परियोजनामा एनएमबि बैंकले आफ्ना सौर्य ऊर्जासँग आवद्ध ग्राहकहरूलाई आर्थिक रूपमा मात्र नभई अन्तर्राष्ट्रिय प्राविधिक सल्लाहकार उपलब्ध गराउने र उक्त परियोजनाबाट उल्पादन भएको ऊर्जा कृषि तथा अन्य क्षेत्रमा दीगो रूपमा प्रयोग गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

बैंकले निकट भविष्यमा आफुले लगानी गरेका जलविद्युत परियोजनाहरूको लागि हाइड्रोपावर सस्टेनेबिलिटी स्ट्यान्डर्ड सर्टिफिकेशन प्राप्त गर्ने लक्ष्य राखेको छ ।

नेपालको ऊर्जा क्षेत्रलाई वातावरणीय र सामाजिक रूपमा लचिलो बनाउन, अन्तर्राष्ट्रिय लगानीकर्ताहरू आकर्षित गर्दै व्यावसायिक अवसर सृजना गर्ने विश्वास बैंकले लिएको छ ।