सुर्ती, मदिरा र चिनीयुक्त पेयमा कडा करको माग


ललितपुर। जनस्वास्थ्यमा गम्भीर चुनौती बन्दै गएका सुर्तीजन्य पदार्थ, मदिरा तथा चिनीयुक्त पेय पदार्थमाथि कडा कर नीति लागू गर्न सांसदहरूले सरकारलाई दबाब दिएका छन्। उनीहरूले राज्यले राजस्व वृद्धिलाई मात्र प्राथमिकता नदिई नागरिकको स्वास्थ्य सुरक्षालाई केन्द्रमा राखेर नीतिगत निर्णय गर्नुपर्नेमा जोड दिएका छन्।