कृषिका योजनामाथि समिक्षा, उत्कृष्ट कृषक सम्मानित


काठमाडौं। काठमाडौं जिल्ला समन्वय समितिको आयोजनामा आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। स्थानीय तह, प्रदेश तथा संघीय सरकारअन्तर्गत सञ्चालित विकास निर्माण र कृषि प्रवर्द्धन कार्यक्रमहरूको प्रगति मूल्याङ्कन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सरकारी निकाय, कृषि विज्ञ तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।