“तालिम, अनुसन्धान र पर्वतीय दक्षता एउटै छातामुनि, ‘नेपाल पर्यटन, होटल तथा पर्वतीय प्रतिष्ठान’ स्थापना”
काठमाडौँ। पर्यटन क्षेत्रको दक्ष जनशक्ति उत्पादन र संस्थागत क्षमता सुदृढ गर्ने उद्देश्यले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान लाई गाभेर नयाँ संस्था नेपाल पर्यटन, होटल तथा पर्वतीय प्रतिष्ठान गठन गरेको छ।
सरकारले पर्यटन, होटल व्यवस्थापन र पर्वतीय तालिमलाई एकीकृत गर्दै तालिम प्रणालीलाई व्यवस्थित बनाउने, पर्वतीय दक्षता र सुरक्षा मापदण्ड बलियो बनाउने, होटल तथा आतिथ्य क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य राखेको छ।

यस मर्जरपछि तालिम, अनुसन्धान र प्रमाणिकरण एउटै निकायबाट हुनेछ। स्रोत–साधनको दोहोरो प्रयोग घट्नेछ। अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण प्रणाली विकास हुने अपेक्षा सरकारी अधिकारीहरूका अनुसार यसले नेपाललाई पर्यटन शिक्षा र पर्वतीय तालिमको क्षेत्रीय हब बनाउने सम्भावना बढाउँछ।
नेपालको पर्यटन उद्योगमा साहसिक पर्यटन (mountaineering), होटल तथा आतिथ्य सेवा, गाइड र ट्रेकिङ तालिम महत्वपूर्ण मानिन्छ। नयाँ संस्थाले यी सबैलाई समेटेर समग्र विकासमा योगदान गर्ने अपेक्षा गरिएको छ।
यद्यपि मर्जर सकारात्मक देखिए पनि केही चुनौतीहरू छन्। NATHM र NMA को एकीकरणसँगै बनेको नयाँ प्रतिष्ठानले नेपालको पर्यटन क्षेत्रमा दीर्घकालीन सुधारको आधार तयार पार्ने अपेक्षा गरिएको छ।
अबको मुख्य चुनौती यो संरचनात्मक निर्णय व्यवहारमा कत्तिको प्रभावकारी रूपमा लागू हुन्छ?