काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभ ले नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर ‘राइड मोर, विन मोर’ नामक विशेष क्याम्पेन सार्वजनिक गरेको छ। नयाँ वर्षको समयलाई लक्षित गर्दै ल्याइएको यस योजनामार्फत प्रयोगकर्ताहरूले एपमार्फत राइड बुक गर्दा विभिन्न आकर्षक पुरस्कार जित्ने अवसर पाउने भएका छन्।
नयाँ वर्षमा परिवार तथा साथीभाइसँग भेटघाट र घुमफिर गर्ने क्रम बढ्ने भएकाले यात्राको माग उच्च हुने समयलाई मध्यनजर गर्दै कम्पनीले यो क्याम्पेन ल्याएको जनाएको छ। कम्पनीका अनुसार यात्रालाई अझ रमाइलो, सहज र लाभदायक बनाउने उद्देश्यले क्याम्पेन सञ्चालनमा ल्याइएको हो। यो योजना अप्रिल १४ देखि मे ४ सम्म लागू हुनेछ।
क्याम्पेनका मुख्य विशेषता
यस अभियानअन्तर्गत “राइड गर्नुहोस्, जित्नुहोस्” भन्ने अवधारणामा आधारित विभिन्न अफरहरू समावेश गरिएको छ।
- १ राइड = १ लक्की ड्र टिकट
जति धेरै राइड, त्यति धेरै जित्ने अवसर - मेगा गिभअवेमा सहभागिता
राइड पूरा गरेपछि प्रयोगकर्ताले एपमार्फत आवश्यक कारोबार पूरा गरेर लक्की ड्रमा सहभागी हुन सक्नेछन्।
आकर्षक पुरस्कारहरू
क्याम्पेनअन्तर्गत विभिन्न स्तरका पुरस्कारहरू राखिएको छ:
- १० जना विजेतालाई Samsung Galaxy S24 स्मार्टफोन
- १,००० जनालाई १५% क्यासब्याक (अधिकतम रु ५०)
- १,००० जनालाई रु २०० क्यासब्याकसहित एयरलाइन प्रोमो कोड
- १०० जनालाई प्रिमियम सेवा अपग्रेड
कम्पनीको धारणा
इनड्राइभ नेपालकी कन्ट्री रिप्रेजेन्टेटिभ रीता पोखरेल ले क्याम्पेनबारे भनिन्,
“हामी प्रयोगकर्तालाई आफ्नै चालक छान्ने स्वतन्त्रता र उचित भाडा तय गर्ने सुविधा दिन्छौं। ‘राइड मोर, विन मोर’ क्याम्पेनमार्फत हामी आफ्ना प्रयोगकर्ताप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छौं र अझ धेरैलाई हाम्रो सेवाको अनुभव गराउन चाहन्छौं। जति धेरै राइड गर्नुहुन्छ, त्यति धेरै जित्ने अवसर पाउनुहुन्छ।”
त्यस्तै, डिजिटल भुक्तानी साझेदार खल्ती का चिफ ग्रोथ अफिसर सञ्जीव चन्द्र न्यौपाने ले पनि सहकार्यप्रति खुसी व्यक्त गर्दै भने,
“इनड्राइभसँग सहकार्य गर्न पाउँदा हामी उत्साहित छौं। डिजिटल भुक्तानीलाई दैनिक यात्रासँग जोडेर हामी यात्रालाई अझ सहज र सुरक्षित बनाउँदैछौं। यसले विशेषगरी चाडपर्वको समयमा प्रयोगकर्तालाई थप सुविधा दिनेछ।”
कसरी सहभागी हुने?
यो क्याम्पेन नेपालभरका सबै इनड्राइभ प्रयोगकर्ताका लागि खुला रहेको छ। प्रयोगकर्ताले क्याम्पेन अवधिभर इनड्राइभ एपमार्फत राइड बुक गरेपछि स्वतः लक्की ड्रमा सहभागी हुन सक्नेछन्।
लक्की ड्र हरेक हप्ता सञ्चालन गरिनेछ भने विजेताहरूको घोषणा इनड्राइभका आधिकारिक फेसबुक, इन्स्टाग्राम र टिकटक पेजमार्फत सार्वजनिक गरिने कम्पनीले जनाएको छ।
‘राइड मोर, विन मोर’ क्याम्पेनले डिजिटल मोबिलिटी सेवाको प्रयोग बढाउनुका साथै यात्रुलाई अतिरिक्त लाभ दिने विश्वास गरिएको छ। नयाँ वर्षको अवसरमा ल्याइएको यस्तो योजना उपभोक्तामाझ थप आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ।