सहकारी तालिम म्यानुअलको विषयमा विज्ञसँग छलफल


राष्ट्रिय सहकारी महासंघले विभिन्न तालिम म्यानुअलको समिक्षा गर्ने विषयमा विज्ञहरुसँग छलफल गरेको छ।

२०८१ भाद्र ६ गते महासंघका उपाध्यक्ष तथा शिक्षा तथा तालिम उपसमितिका संयोजक इन्द्रिरा पन्तको अध्यक्षतामा तालिम म्यानुअलका विषयमा विज्ञहरुसँग अन्तक्रिया भएको हो । सो छलफलामा तालिमको आवश्यकता मुल्यांकन सर्वेक्षणबाट प्राप्त निष्कर्षसमेत प्रस्तुत गरिएको थियो ।

हाल रहेका प्रशिक्षण पुस्तिकाहरुको सान्दर्भिकता प्रभावकारिताको विषयमा समेत छलफल भएको थियो । ‘सहकारी क्षेत्रले अहिले नसोचेको चुनौती सामाना गर्नुको पछाडि प्रयाप्त र प्रभावकारी तालिम शिक्षाको कमि पनि एउटा तत्व भएकाले यस क्षेत्रमा केहि महत्वपूर्ण काम गर्नुपर्छ भन्नेमा महासंघ रहेको छ ।’ उपाध्यक्ष पन्तले भन्नुभयो । 

सो छलफलमा विज्ञहरु सहकारी विभागका पूर्व रजिष्ट्रार केशव रेग्मी, सहकारी प्रशिक्षण केन्द्रका प्राचार्य सिताराम उप्रेती, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा अन्तर्राष्ट्रिय प्रशिक्षक डा.तत्व तिम्सिना, अन्तर्राष्ट्रिय लाइफ कोच एनवि कार्कीको सहभागिता थियो।

साथै महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा, नायव महाप्रबन्धक सुरेश थापा, तालिम तथा प्रशिक्षण विभागका प्रमुख वरिष्ठ प्रबन्धक गोपीकृष्ण भण्डारी, कार्यक्रम अधिकृत अमित अधिकारी तथा तालिम अधिकृत देवी बास्कोटाले समेत सो छलफलमा सहभागिता जनाउनुभएको थियो।