काठमाडौं, कीर्तिपुर। Nepal Full Contact Karate Federation द्वारा आयोजना गरिएको राष्ट्रिय रेफ्री सेमिनार २०८२ साल चैत २८ गते कीर्तिपुर, काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रम National Sports Council को सहकार्यमा आयोजना गरिएको थियो। सेमिनारमा देशभरबाट आएका कराते प्रशिक्षक, खेलाडी तथा रेफ्रीहरूको सक्रिय सहभागिता रहेको थियो।
सेमिनारमा रेफ्रीसम्बन्धी नियम, निर्णय प्रक्रियाको मापदण्ड तथा अन्तर्राष्ट्रिय स्तरका नयाँ प्रविधिहरूबारे प्रशिक्षण प्रदान गरिएको थियो।
सहभागीहरूले खेललाई निष्पक्ष, पारदर्शी र स्तरिय बनाउन रेफ्रीको भूमिका महत्वपूर्ण हुने बताएका छन्।
आयोजक संस्थाका पदाधिकारीहरूले यस्ता कार्यक्रमले नेपाली कराते खेलको विकास तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम जनशक्ति उत्पादनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।