काठमाण्डौं। माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसंग नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले भेटगरी नेपालको अटोमोवाइल क्षेत्रको बर्तमान अवस्थाका विषयमा छलफल गरेको छ। अटोमोवाइल प्रतिनिधिहरुसंगको सो छलफलमा अध्यक्ष उप्रेतीले सफलकार्यकालको लागि शुभकामना व्यक्तगर्दै नेपालको अटोमोवाइल क्षेत्रलाई माथी उठाउन बर्तमान सरकारबाट आवश्यक नयाँ नीतिनियमहरु आउने अपेक्षा रहेको बताउदै यसबाट सरकारले प्राप्त गर्ने राजश्वमा पनि बृद्धि हुने र रोजगारी पनि बढने बताउनु भयो ।
सो छलफलको क्रममा अर्थमन्त्री डा. वाग्लेले सरकार राजश्व संकलनमा कसरी बृद्धि ल्याउने भन्ने सम्बन्धमा विचार गरिरहेको, राजश्वमा बृद्धि हुनेगरी करको दर घटाउन चाहेको, राजश्वको दायरा विस्तार गर्न लागेको भन्दै नीजिक्षेत्रमैत्री नीति ल्याइने आश्वासन दिनु भयो । यसैक्रममा मन्त्री वाग्लेले सरकारले अनियमितता हटाउन आवश्यक पहल गर्ने, सडक निर्माणका लागि ठूलो लगानी गर्ने र आउदो बजेटका सन्दर्भमा नाडासंग पुनः छलफल गर्ने बताउनु भयो ।
सोहि छलफलको क्रममा नाडा अध्यक्ष उप्रेतीले नेपालको अटोमोवाइल उद्योग फष्टाउनका लागि आयातित कच्चापदार्थहरुमा छुट दिनुपर्ने आवश्यकता रहेको भन्दै बर्तमान अवस्थामा सि.के.डीलाई सजिलो भएपनि उद्योगहरुलाई भने कठीनाई भईरहेको बताउनु भयो । अध्यक्ष उप्रेतीले टायरटयूव व्याट्री, लुविकेण्टस र हेलमेट जस्ता विभिन्न अटोमोवाइल बस्तुहरु नेपाल मै उत्पादन भईरहे पनि त्यसको गुणस्तर मापन गर्ने यन्त्रहरु सरकारसंग नभएकोले व्यवसायीहरुले विभिन्न समस्याहरुको सामना गर्नु परिरहेको बताउनु हुदै सरकारले अटोमोवाइल बस्तुहरुको उत्पादनका लागि आवश्यक वातावरण तयार गरीदिनु पर्ने धारणा राख्नुभयो । अध्यक्ष उप्रेतीले नाडाकोतर्फबाट ३६ बुँदे लिखित राय सुझावहरु समेत पेश गर्नुभयो ।
सो छलफलको क्रममा नाडाका निबर्तमान अध्यक्ष करण चौधरीले नेपालमा अटोमोवाइल कम्पोनण्ट उद्योगहरुको ठूलो सम्भावना रहेकोे बताउनु भयो । यसैक्रममा नाडाका विशिष्ट सल्लाहकार राजनबाबु श्रेष्ठले लगानी मैत्री नीतिनियमहरुको खाँचो रहेको भन्दै नेपालमा विद्युतिय सवारी साधनहरुको सम्बद्र्धन र प्रवद्र्धनकालागि आवश्यक नीतिहरुको बारेमा चर्चा गर्नुभयो । सोहि क्रममा श्रेष्ठले भारतमा जि.यस.टि घटेकोले चोरी निकासी बढेकोले सीमा क्षेत्रमा कडाई गर्नुपर्ने धारणा राख्नुभयो । यसैक्रममा नाडाका उपाध्यक्ष विक्रम सिंघानियाले सरकारले नेपाली उद्योगहरुलाई प्रत्सय दिनुपर्ने बताउनु भयो । उक्त छलफलमा नाडाका उपाध्यक्षद्धय अभिक ज्योति, महासचिव मिलनबाबु मल्ल, कोषाध्यक्ष पंकज अग्रवाल र सहकोषाध्यक्ष निलमणी पाठक समेतकोे उपस्थिति रहेको थियो ।