दिगो विकासका लक्ष्य प्राप्ती गर्ने नै १६ औं योजना 


काठमाण्डौं। संयुक्त राष्ट्रसंघले लिएको दिगो विकासको लक्ष्य पुरा गर्ने गरि सरकारले १६ औ पञ्चवर्षिय योजना सुरु भएको छ । 

सन २०२६ मा नेपाल अल्पविकसीत मुलुकबाट विकासील हुदै छ । त्यस्तै सने ३०३० सम्म नेपालले दिगो विकासका लक्ष्य हासिल गर्ने उदेश्य राखेको छ।

राष्ट्रिय योजना आयोगकका अधिकारीहरले हाम्रो १६ औ योजनाले नै दिगो विकास लक्ष्यका प्राप्तीका केन्द्रित रहेको बताए । दिगो विकासको लक्ष्य प्राप्तीमा नेपाल अन्य देशको तुलनामा प्रगती राम्रो छ ।

राष्ट्रिय योजना आयोगका प्रवक्ता यमलाल भुषालका अनुसार नेपालको ४० प्रतिशत भन्दा बढी छ । यो विश्वको तुलनामा राम्रो हो । तर अझै पनि धेरै चुनौती रहेका छन् । १६ औं योजनाले औसत आर्थिक वृद्धिदर ७.१ प्रतिशत कायम गर्ने, ११ प्रतिशतको बेरोजगारीलाई आउँदो पाँच वर्ष भित्र पाँच प्रतिशतमा झार्ने, प्रतिव्यक्ति आय दुईहजार चारसय १३ अमेरिकी डलर पुर्याउने जस्ता महत्त्वकांक्षी लक्ष्य लिएको छ।

त्यस्तै अर्थतन्त्रको आकार १०० खर्ब माथिको पुर्याउने लक्ष्य लिइएको छ। दुईवर्षपछि नेपाल अल्पविकसित मुलुकबाट विकासशीलमा स्तरोन्नति भएपछिका लाभ-हानिका विषयमा पनि १६ औं योजनामा समावेश गरिएको। तर भर्खरै सकिएको १५औं योजना लक्ष्य प्राप्तिका हिसाबले इतिहासकै कमजोर मानिएको सन्दर्भमा योजनाको सही कार्यान्वयननै अहिलेको खाँचो रहेको योजना आयोगका पूर्व उपाध्यक्ष डा पुष्प कडेलले बताउनु भयो ।