सांग्रिला डेभलपमेन्ट बैंकको संध्याकालिन र होलिडे काउण्टर संचालन


ईकोनोमिक खबर, काठमाडौं।

सांग्रिला डेभलपमेन्ट बैंकले १७ शाखाबाट संध्याकालिन काउण्टर तथा २१ शाखाबाट होलिडे काउण्टर यहि जेठ १५ बाट संचालन गर्दै आएकोछ।
८५ शाखा कार्यालयहरु तथा २४ वटा ए.टी.एम.हरुबाट ग्राहकहरुलाई बैंकिंग सेवा प्रदान गर्दै आएको यस सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले थप १३ ओटा शाखा कार्यलयबाट संध्याकालिन काउण्टर तथा होलीडे काउण्टरहरु संचालनमा ल्याएको छ ।

थप गरिएका संध्याकालिन तथा होलीडे काउण्टरहरु मध्ये काठमाण्डौ उपत्यका भित्र ४ ओटा शाखाहरु रहेका छन् । थप गरिएका संध्याकालीन तथा होलीडे काउन्टर सहित देशभरमा जम्मा १७ ओटा शाखाहरुबाट संध्यकालीन काउण्टर तथा जम्मा २१ ओटा शाखाहरुबाट होलिडे काउण्टर संचालन गरि ग्राहकवर्गलाई बैंकिंग सेवा प्रदान गर्दै आएकोछ। सार्वजनिक विदाको समयमा पनि बैंकिंग सेवा प्रदान गर्न शुरु गरिएको यस विकास बैंकको होलिडे काउण्टर सेवा अन्तर्गत काठमाण्डौ तथा पोखरा उपत्यका एवं बाँके र कैलाली क्षेत्रमा विभिन्न शाखाहरुबाट बिहान १० बजे देखि ३ बजे सम्म गा्रहकवर्गको निम्ति बैंकिंग सेवा खुल्ला रहने जानकारी बैंकले जानकारी गरायो ।