बजेट भाषणपछि सुनको भाँउ बढ्यो, २ दिनमा सुनको मूल्य २ हजारले बृद्धि


ईकोनोमिक खबर, काठमाडौं।

रु ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार एक्कासी १५०० रुपैयाँ बढी ६१ हजार रुपैयाँमा कारोबार भयो।
शुक्रबार प्रतितोला ६१ हजार रुपैयाँमा कारोबार भएको सुन आज ५ सय रुपैयाँ बढी ६१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।

सुनको मूल्य बढ्नुको मूख्य कारण बजेट भाषणपछि सुन आयातमा बढेको भन्सार दर भएको नेपाल रत्न तथा आभूषण संघका अध्यक्ष रमेश महर्जनको भनाइ छ।

‘सुनको मूल्य बढ्नुका विभिन्न कारण छन्। जसमध्ये मूख्य कारण भन्सार दर नै हो’ उनले भने ‘एक केजी सुनमा ८० हजार रुपैयाँ भन्सार शुल्क बढेको छ।’ सुनको मूल्य बढ्नुका अन्य कारणमा अन्तर्राष्टिय बजारमा सुनको मूल्यमा भएको बृद्धि, सुनचाँदी जस्ता बहुमूल्य घातुलाई बैंकलकरमा राख्दा पुँजी बराबर ब्याज पाउने नयाँ ब्यवस्था लगायत भएको महर्जनले बताए।
चाँदीको मूल्य भने २ दिनमा १० रुपैयाँमात्रै बढेको छ। बिहीबार प्रतितोला ७ सय रुपैयाँमा कारोबार भएको चाँदी आज ७ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।