गणतन्त्र कोरियाका राजदूत पार्क ताई यंग सँग मन्त्री भण्डारीको शिष्टाचार भेट


आज नै मन्त्री भण्डारीसँग नेपालस्थित गणतन्त्र कोरियाका राजदूत पार्क, ताई यंगले शिष्टाचार भेट गर्नुभएको छ । भेटका अवसरमा गणतन्त्र कोरिया र नेपालबीच भए को इपिएस कोरियासम्बन्धी द्विपक्षीय समझदारी र कोरिया रिटर्नीको सीप क्षमता सदुपयोगलगायतका विषयमा छलफल भएको छ ।

भेटमा इपिएस कोरियाका सम्बन्धमा भएको द्विपक्षीय श्रम समझदारी अद्यावधिक गरी समसामयिक बनाउने, इपिएस कोरियासँग सम्बन्धित विषयवस्तुका बारेमा छलफल गरी सुझाव दिने गरी मन्त्रालयको रोजगार व्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन भएको मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

'प्राप्त सुझावका आधारमा अघि बढ्ने विषय र कोरियामा रहेका नेपाली कामदारलाई कोरियन कामदार सरह सामाजिक सुरक्षा योजनामा आबद्ध गराउन आवश्यक पहल गर्ने विषयमा समेत छलफल भएको थियो', उहाँले भन्नुभयो, 'यसका साथै कोरिया जाने कामदारलाई आवश्यक सीप सिकाउने तालिम केन्द्र स्थापना र सुहढीकरणमा सहयोगको अपेक्षासहित नेपाल फर्किएका कामदारले आफूले सिकेका सीपको उपयोग गर्ने वातावरण निर्माण गर्ने सम्बन्धमा सहकार्यका लागि छलफल भएको थियो।