मिति २०८२/११/३० गते, शनिबार। मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत तुईन खोला पुल नजिक माथिबाट कुनै पनि समयमा ढुंगा खस्न सक्ने सम्भावना रहेको जनाइएको छ। जोखिमयुक्त क्षेत्र भएकाले रातको समयमा पनि उक्त स्थान स्पष्ट देखिन सक्ने गरी २ वटा फ्लड लाइट जडान गरिएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ।
सडक डिभिजन कार्यालयका अनुसार उक्त स्थान पार गर्दा सवारी चालकहरूले ओभरटेक नगरी संयमित र सावधानीपूर्वक सवारी सञ्चालन गर्न आग्रह गरिएको छ।
यात्रु तथा चालकहरूलाई सुरक्षित यात्रा गर्न विशेष सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ।