सानिमा बैंक लि. र पाटन अस्पताल बीच विपन्न महिलाको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौता


सानिमा बैंक लि. र पाटन अस्पताल बीच विपन्न महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

उक्त सम्झौतापत्र अन्तर्गत आगामी १ वर्षका लागि सानिमा बैंकले न्युन आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि उक्त अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउनेछ।

बैंकले २०७४ सालदेखि विपन्न महिलाहरुको उपचारका लागिउक्त अस्पताल मार्फत आर्थिक सहयोग गर्दै आइरहेको छ। 
सानिमा बंैकले प्रत्येक “नारी बचत खाता”खोले बापत बैंकको तर्फबाट मासिक रु. १ को दरले नारी राहतकोषमा रकम जम्मा गर्दैै आएकोे छ। 
सो कोषमा जम्मा भएको रकम देशभरका विभिन्न अस्पताल मार्फत विपन्न नारीहरुको उपचारमा सहयोग गर्दै आएको छ।

पाटन अस्पतालको परिसरमा आयोजित एक कार्यक्रममा पाटन अस्पतालका निर्देशक डा. रवि शाक्य र सानिमा बंैकका प्रमुख निक्षेप अधिकृत हेमराज संज्यालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ।