
ईकोनोमिक खबर, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले विभिन्न आयोजनाहरु समयमै सम्पन्न नहुँदा चालु आ.ब.मा लिएको आर्थिक बृद्धिदरको लक्ष्य पुरा नहुने बताएका छन् ।
अर्थमन्त्री डा. युवराज खतिवडाले चालू वर्षको बजेटमा ८ प्रतिशतको आर्थिक बृद्धिदरको लक्ष्य लिएका थिए । तर, ७ प्रतिशत मात्र बृद्धिदर हासिल भएको अर्थमन्त्रीले संघीय संसदमा र आजको मन्त्रालयको बिहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
खतिवडाले पूँजीगत खर्चलाई बढाउने र काम सम्पन्न भएपछि पनि भुक्तानी नहुँने समस्यालाई हटाउने जानकारी दिए ।