एपोलो हाइड्रोपावरको आईपीओ आजदेखि खुल्यो,


काठमाडौं। एपोलो हाइड्रोपावर लिमिटेडले आज फागुन ११ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरेको हो। पहिलो चरणमा ओखलढुंगा र रामेछाप जिल्लाका आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर छुट्याइएको छ।

कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि कुल ४ लाख ७० हजार कित्ता सेयर निष्काशन गरेको छ। यसमध्ये २ लाख ३५ हजार कित्ता उच्च प्रभावित क्षेत्र अन्तर्गत ओखलढुंगा जिल्ला खिजिदेम्बा गाउँपालिका वडा नं. ७ र ८ का स्थानीयका लागि छुट्याइएको छ। त्यस्तै, १ लाख ४१ हजार कित्ता मध्यम प्रभावित क्षेत्र अन्तर्गत सोलुखम्बु जिल्ला लिखुपिके गाउँपालिका वडा नं. २ र रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं. ३ का स्थानीयलाई वितरण गरिनेछ। बाँकी ९४ हजार कित्ता न्यून प्रभावित क्षेत्र अन्तर्गत रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं. २ र गोकुलगंगा गाउँपालिका वडा नं. १ का स्थानीयका लागि छुट्याइएको छ।

यस निष्काशनमा स्थानीय बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतम ४७ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने अवधि छिटोमा फागुन २५ गतेसम्म रहनेछ। सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा चैत्र १० गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

त्यस्तै, श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ९४ हजार कित्ता सेयर निष्काशन गरिएको छ। यस समूहले न्यूनतम १० कित्ता र अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन दिने अन्तिम मिति फागुन १४ गते तोकिएको छ।