महाशिवरात्री पर्वको अवसरमा विशेष धार्मिक कार्यक्रमहरू र भजन–कीर्तन उत्सव आयोजना हुँदै


 भालेश्वर महादेव मन्दिर चन्द्रागिरि हिलमा अवस्थित एक प्रसिद्ध शिवालय हो, जहाँ शिवभक्तहरू वर्षभर पूजा तथा दर्शनका लागि आउँछन्। महाशिवरात्रीमा विशेष रूपमा यहाँको वातावरण धार्मिक भक्ति र उत्साहले परिपूर्ण हुन्छ।